You are viewing the translated version of सम्पत्ति, राहदानी वा यात्रा अनुमतिपत्र रोक्का राख सकिने.

Section 31
सम्पत्ति, राहदानी वा यात्रा अनुमतिपत्र रोक्का राख सकिने
(१) ऐनको दफा ८ बमोजिम अभियुक्तको सम्पत्ति, राहदानी वा यात्रा अनुमतिपत्र रोक्का राख्ने गरी आदेश भएकोमा मुद्दाको अन्तिम किनारा नभएसम्म त्यस्तो सम्पत्ति, राहदानी वा यात्रा अनुमतिपत्र फुकुवा हुने छैन।
तर सम्बन्धित पक्षबाट मनासिब आधार र कारण देखाई सम्पत्ति, राहदानी वा यात्रा अनुमतिपत्र फुकुवा गरिपाउँ भनी निवेदन दिएमा उक्त निवेदन इजलास समक्ष पेस गरी इजलासबाट भएको आदेश अनुसार गरिनेछ।
(२) अभियोगपत्रसाथ दसीका रुपमा पेस भएका तर जफतको मागदाबी नभएका नगद वा जिन्सी सामानहरूमध्ये फिर्ता पाउँ भनी पर्न आएको निवेदन इजलासमा पेस गरी इजलासबाट भएको आदेश अनुसार गर्नु पर्नेछ।